आँसुको भेलमा परेँ
आँसुको भेलमा परेँ घरभित्र कोसी पस्योम त हजुर ज्यँुदै मरेँ घरभित्र कोसी पस्यो
दैव सम्झी पूजा पनि नगरेको हैन मैलेकहाँ थिएँ कहाँ झरेँ घरभित्र कोसी पस्यो
सपनामा नसोचेको भोग्नुपर्योर विपनामामुटुभरि व्यथा भरेँ घरभित्र कोसी पस्यो
भै'गो अब तिमीसँग मेरो भन्नु केही छैनटाढा अन्तै बसाइँ सरेँ घरभित्र कोसी पस्यो।