किन उजाड देख्छु आज

किन उजाड देख्छु आज जिन्दगीका पाटाहरूरगतले भिजे किन मैले हिँड्ने बाटाहरू।

सल्लेरीमा सुस्ताएर बिताएको पल छैनहिजोजस्तै बगिदिने भावनाको भल छैनमात्र उकुच पल्टिएका घाउ अनि खाटाहरूरगतले भिजे किन मैले हिँड्ने बाटाहरू।

मान्छेभित्र हराएको मानवता खोजूँ भन्दाविकृतिको भीडबाट सुकीर्तिलाई रोजूँ भन्दाबज्रेका छन् शिरमाथि अनगिन्ती भाटाहरूरगतले भिजे किन मैले हिँड्ने बाटाहरू।