मनहरूको परिसर
सधैँसधैँ बाँचेर एउटा सुकिलो विभ्रमआफ्नै अभिप्रायहरूको एउटा जङ्गल छिचोल्छ मनसम्भावनारूको जुलुस निकालेर सडकभरिमन : मनजस्तै आशा रोप्छर मनजस्तै निराशा फलाउँछफेरि मन, मनजस्तै निराशा रोप्छर फलाउँछ मनजस्तै आशाहरूस्वतन्त्र मन निर्बाध घुमिरहन्छमनहरूको पसरिसरमाबन्दी मन/व्यथित छट्पटाइरहन्छमनहरूकै परिसरमा ... ...।
सधैँसधैँ एउटा अवश्यम्भावी अनिष्टको आशङ्का बोकेरकमनीय वेदनाहरू सँगाल्छ मनआवाजभरि शान्तिको गुञ्ज बोकेर स्वच्छन्द उड्छ मनमुट्ठीमुट्ठीमा आक्रोशका फिलिङ्गाहरू बोकेरहरेक पाइलामा विष्फोट विभीषिका कुल्चन्छ मनमन/फेरि पनि मनै होउत्फुल्ल मन हरेक बिहान आशाका सुनौला किरणहरूसमाउँछ हत्केलाभरिर बिस्कुन हाल्छ मनहरूको पसिरसरमाउदास मन, हरेक साँझ फेरि समाउँछनिराशाका सुनौला गोधूलि किरणहरूर फेरि बिस्कुन हाल्छमनहरूकै परिसरमा।