घाउजस्तै चहर्यानइरहेछ घाउ
अश्रुसिक्त मनमझेरीमावेदना गाइरहेछ समयआफू अघि बढ्ने उत्कण्ठामा मान्छेमान्छेकै घाँटी अँठ्याइरहेछसाँच्चै आज घाउघाउजस्तै चहर्याअइरहेछ।
प्रतिबन्धितझैँ भावनाहरूतँछाडमछाड गरिरहेछन् छातीभरिउन्मुक्तिका गोरेटाहरूमा घोर्ले स्याल गाइरहेछसाँच्चै आज घाउघाउजस्तै चहर्याेइरहेछ।
गिट्ठाभ्याकुरको अभावमाकोकोहोलो मच्चाइरहेछ भोकबाँध भत्काएर आँखाको उर्लिरहेछ अश्रुभेलथाहा छैन जोडी परेवाकुन कल्पनामा शान्ति गाइरहेछसाँच्चै आज घाउघाउजस्तै चहर्यााइरहेछ।
युद्ध विभीषिकाले सन्त्रस्त मनथाहै नपाई हतियार समात्न पुगेको बेलाकेही बुद्धप्रेमी हातहरूविजयश्रीको रातो टीका लगाइदिन आतुर छन्छातीमा पाइला बजार्दै बुज्रुक समूहमनविचरणमा निस्केको बेलाभैगो नबिसाऊ उपदेशका भारीहरूमान्छेले समय छलेको विभ्रममासमयले मान्छे छल्न पाइरहेछसाँच्चै आज घाउ पनिघाउजस्तै चहर्यापइरहेछ।